• रेमिट्यान्स सुविधाविश्वको जुनसुकै कुनाबाट पठाएको पैसा प्रभु म्यानेजमेन्ट अन्तगर्तका
    २५ हजार भन्दा बढी एजेन्ट मार्फत तुरुन्त भुक्तानी गरिन्छ ।
  • मोबाइल रिचार्ज सुविधाएन.टि.सि. र एन.सेल.को मोबाक्ष्ल रिचार्ज सुवित्रा
    प्रभु म्यानेजमेन्टले उपलब्ध गराइरहेको छ  ।
  • डिस होम रिचार्ज सुविधाचौविसै घन्टा डिस होमको ब्यालेन्स रिचार्ज
    सुविधा प्रभु म्यानेजमेन्टबाट मात्र पाइन्छ ।
  • पोस क्यास !पैसा छैन ? अब एटिएम खोज्दै भौतारिनु पर्दैन ।
    तपाईंको घर दैलोमा आउँदैछ पोस क्यास
1 2 3 4

परिचय

आम नेपालीहरूको माझमा प्रभु कुनै नौलो नाम होइन । नेपालमा रेमिट्यान्स भित्र्याउने कार्यमा विगत १० बर्षदेखि निरन्तर कार्यरत प्रभु मनि ट्रान्सफर र यसले पुर्याईरहेको योगदानलाई नेपालीहरूले सधै सिरोधार्य गरिरहेका छन् । विश्वका जुनसुकै कुनाबाट पठाएको पैसा नेपालमा हामी मार्फत तुरुन्त भुक्तानी लिन सकिन्छ ।

“जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ प्रभु” भन्ने मुल नाराका साथ निरन्तर सेवामा समर्पीत प्रभु समूहले बिभिन्न समयमा विभिन्न संघ संस्थासंग सहकार्य गर्दै जन मुखी सेवा पुर्याउदै आईरहेको छ । नेपालभरि छरिएर रहेका २५ हजार भन्दा बढी बैंक, एजेन्ट तथा सहकारीहरु मार्फत सिधा भुक्तानी गरिन्छ ।

नेपालमा सहकारीको विकास, यसको पहुँच, निर्वाह गर्न सक्ने सामाजिक उत्तरदाईत्वलाई मध्यनजर गर्दै प्रभु समूह अन्तर्गत प्रभु को-अपरेटिभको नामबाट सेवा विस्तार गरि सेवा पुर्याउदै आएका छौं ।

छरपस्ट रुपमा रहेका विभिन्न सुविधाहरुलाई एउटै छातामा समेटेर जनस्तर सम्म पुर्याउनका लागि २०६९ साल असोज १० गतेका दिन प्रभु म्यानेजमेन्टको विधिवत शुभारम्भ गरिएको हो । अतः आफ्नो संजालमा रहेको सम्बन्धलाई अझ प्रभावकारी रुपमा अघि बढाउनको लागि प्रभु म्यानेजमेन्टले एउटै छानामुनि सम्पुर्ण अन्तराष्टिय रिमिट्यान्स भुक्तानी सुविधाका साथै एन.टि.सि., एन.सेल. को मोबाइल रिचार्ज सुविधा, डिस होम र एडिएसएलको बिल भुक्तानि सुविधा उपलब्ध गराएको छ ।

अध्यक्षको कलम

बिनोद थकाली
बिनोद थकाली

सर्वप्रथम त, म तँपाईहरु सबैलाई हाम्रो संजालमा स्वागत गर्दछु ।

अन्तराष्ट्रिय तथा राष्ट्रिय क्षेत्रमा प्रभु ग्रुपको लामो समयदेखिको अनुभवबाट निखारिएर, दिन–प्रतिदिन आफ्नो सेवालाई ब्यवस्थित गर्दै नेपाली दाजु–भाई तथा दिदी–बहिनीहरुलाई सुविधा प्रदान गर्न हामी अग्रसर रहेको सर्वविदितै छ । विश्वमा छरिएर रहेका नेपालीहरु माझ गएर उहाँहरुले श्रम गरी आर्जन गरेको रुपैयालाई सकुशल नेपाल भित्राएर हामीले नेपाली अर्थतन्त्रमा पुर्याएको योगदानलाई नकार्न कसैले पनि सत्तैन् ।

यसरी थोर–थोरै पैसा–रुपैयालाई समेटेर ल्याउन बानी परेका हामीले नेपालमा पनि सहकारीहरुलाई समेटेर सबैको आर्थिक पाटोलाई उन्नतिको आसलाग्दो भविष्यतिर डोयाउनको लागि प्रभु को–अपरेटिभको नामबाट सेवा बिस्तार गरेका छौ । तसर्थ प्रभु को–अपरेटिभ सर्भिस नेपालभित्र पैसा पठाउन र पाउने एकमात्र इजाजत प्राप्त कम्पनि रहको जानकारी समेत गराउन चाहन्छौ । सँगसँगै हामीले बिभिन्न सुविधाहरु पनि प्रदान गरिरहेका छौ र हाम्रो सेवाहरु निरन्तर बढाइरहने जानकारी गराउन चाहन्छु ।

हजुरहरुको साथ, सहयोग तथा सुझाव निरन्तर पाउने आशा गर्दै नेपाल भित्र रहेका सहकारीहरुलाई हाम्रो संजालमा आवद्ध हुन अनुरोध गर्दछु
धन्यवाद

सूचना/समाचार

जापानबाट सुरु भयो प्रभु मनीको सेवा


विदेशमा नेपालीहरुले  कमाएको पैसा सुरक्षित र भरपर्दो तरिकाले नेपाल भित्राउँदै आएको प्रभु मनी ट्रान्सफरले जापानबाट पनि आफ्नो सेवा सुरु गरेको छ ।

जापानमा रहेको जापान रेमिट फाइनान्स (जेआरएफ) सँगको सहकार्यमा प्रभु मनी ट्रान्सफरले कारोबार थालेको हो । हालै जेआरएफ र प्रभु ग्रुप इंकवीच भएको सम्झौताअनुसार अब जेआरएफबाट नेपालसहित बंगलादेश, पाकिस्तान, भारत, इन्डोनेसिया, फिलिपिन्स, अमेरिका, मलेसिया लगायत प्रभु मनीको संजाल रहेका मुलुकमा जापानबाट पैसा पठाउन  
» बाकी समाचार

प्रभु म्यानेजमेन्ट प्रा.लि.को वेभसाइट सञ्चालनमा

स्थापना भएको छोटो समयमा नै प्रभु म्यानेजमेन्टले आफ्नो सेवा, सुविधाहरुलाई वृहत रुपमा फैलाइरहेको छ । आफ्नो विज्ञापनलाई न्युजपेपर र होडिङ बोर्डमा मात्र सिमीत नराखेर इन्टरनेटको संसारमा पनि पाइला चालने जमर्को गरेको छ । यसै क्रममा हालसम्म बजारमा आएका सबै व्रउजरमा मज्जाले चल्ने हाइ टेक वेभसाइटल अक्टोबर ३, २०१२ (आश्विन १७, २०६९) देखि सञ्चालनमा ल्याएको छ ।

प्रभु म्यानेजमेन्टको संचालनमा आएको वेभसाइटबाट म्यानेजमेन्टको सम्पुर्ण गतिविधि हेर्न, पढ्न पाइन्छ । प्रभु म्यानेजमेन्टले दिने सुविधाहरु र आउन लागेका नयाँ प्रविधिहरुको जानकारी समेत यसैमा समेटिएको छ । तपाईंले तुरुन्त सम्पर्क गरेर आफ्ना मनमा लागेको जिज्ञासा समेत शान्त पार्ने सक्नुहुनेछ ।

» बाकी समाचार

सम्बन्धित संस्थाहरू