हाम्रा बारेमा

आम नेपालीहरूको माझमा प्रभु कुनै नौलो नाम होइन । नेपालमा रेमिट्यान्स भित्र्याउने कार्यमा विगत १० बर्षदेखि निरन्तर कार्यरत प्रभु मनि ट्रान्सफर र यसले पुर्याईरहेको योगदानलाई नेपालीहरूले सधै सिरोधार्य गरिरहेका छन् । विश्वका जुनसुकै कुनाबाट पठाएको पैसा नेपालमा हामी मार्फत तुरुन्त भुक्तानी लिन सकिन्छ ।

“जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ प्रभु” भन्ने मुल नाराका साथ निरन्तर सेवामा समर्पीत प्रभु समूहले बिभिन्न समयमा विभिन्न संघ संस्थासंग सहकार्य गर्दै जन मुखी सेवा पुर्याउदै आईरहेको छ । नेपालभरि छरिएर रहेका २५ हजार भन्दा बढी बैंक, एजेन्ट तथा सहकारीहरु मार्फत सिधा भुक्तानी गरिन्छ ।

नेपालमा सहकारीको विकास, यसको पहुँच, निर्वाह गर्न सक्ने सामाजिक उत्तरदाईत्वलाई मध्यनजर गर्दै प्रभु समूह अन्तर्गत प्रभु को-अपरेटिभको नामबाट सेवा विस्तार गरि सेवा पुर्याउदै आएका छौं ।

छरपस्ट रुपमा रहेका विभिन्न सुविधाहरुलाई एउटै छातामा समेटेर जनस्तर सम्म पुर्याउनका लागि २०६९ साल असोज १० गतेका दिन प्रभु म्यानेजमेन्टको विधिवत शुभारम्भ गरिएको हो । अतः आफ्नो संजालमा रहेको सम्बन्धलाई अझ प्रभावकारी रुपमा अघि बढाउनको लागि प्रभु म्यानेजमेन्टले एउटै छानामुनि सम्पुर्ण अन्तराष्टिय रिमिट्यान्स भुक्तानी सुविधाका साथै एन.टि.सि., एन.सेल. को मोबाइल रिचार्ज सुविधा, डिस होम र एडिएसएलको बिल भुक्तानि सुविधा उपलब्ध गराएको छ ।

व्यवस्थापन

नेपाल सरकारको नीति नियमको परिधिमा रहि ईमान्दारीपूर्वक प्रभु म्यानेजमेन्टको उद्देश्य शिरोपर गर्न व्यवस्थापन दृढ संकल्पित छ । 

प्रभु म्यानेजमेन्टमा देहाय बमोजिमको ब्यवस्थापन समिति रहेको छ ।

कार्यकारी अध्यक्ष: कुसुम लामा

व्यवस्थापक एवं वित्त प्रमुख: गणेश घिमिरे

सूचना तथा प्रबिधि प्रमुख: कपिल मणि आचार्य   

बजार व्यवस्थापन प्रमुखः आनन्द बज्राचार्य 

 

सम्बन्धित संस्थाहरू / Associated Organizations