प्रभु रूपैया रेमिटेन्स कार्ड-बजारमा, विदेशबाटै सबै काम गर्न सकिने

मुलुकमा रेमिट्यान्स भित्राउन र विभिन्न ठाउँमा रकमान्तरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको रेमिट्यान्स प्रदायक कम्पनि प्रभु मनि ट्रान्सफरले नयाँ प्रविधिको विकास गर्दै “प्रभु रूपैया रेमिटेन्स कार्ड” बजारमा  ल्याएको छ । गत सेप्टेमबर २४ मा युनाईटेड अरब ईमिरेटस दुबई स्थित अहलीया मनि एक्सचेन्जसँगको सहकार्यमा उक्त कार्डको सुभारम्भ गरिएको हो ।
१९९० मा प्रभु ट्राभल्स एजेन्सीबाट शुरू गरेको प्रभुको यात्राले देशका सबैजसो जिल्ला र विदेशका सबैजसो शहरहरुमा आफ्नो सेवा विस्तार गरेको छ । उक्त कार्यक्रममा बोल्दै प्रभु बैंक संयुक्त अरब ईमिरेटसका प्रमुख बजार व्यबस्थापक संजिब कुमार शर्माले ग्राहकहरूको आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्दै सेवालाई अझ बढि सुविधायुक्त, सरल, भरपर्दो तथा अत्याधुनिक प्रविधि सहितको बनाउन नयाँ कार्यक्रम ल्याएको बताए । त्यस्तै प्रभु टेक्नोलोजीका प्रमुख बिकास महर्जनले प्रभु मनि ट्रान्फरलाई अझ बिस्तारित गर्ने योजना बमोजिम प्रभु रूपैया कार्डको शुरूवात गरिएको बताए । उनले रूपैयाँ कार्डबाटै आफुले चाहेको रेमिटेन्स रकम जम्मा गर्न सकिने, विदेश वा स्वदेशबाटै नेपाल टेलीकम र एनसेलको रकम भूक्तानी गर्न सकिने, नेपाल स्थित आफुलाई पायक पर्ने बैंक, फाईनान्स, सहकारी संस्था, एजेन्ट, ए टि एम मेशिन वा पोस मेशिनबाट रकम झिक्न र भुक्तानी गर्न सकिने बताए । सो कार्यक्रमा कतार, मलेशिया, साउदि अरब लगायतका मुलुकका नेपाली प्रतिनिधीहरूको उपस्थित रहेको थियो । हाल प्रभु मनि ट्रान्सफरले  पाकिस्तान, बङ्गलादेश, श्रिलङ्का, भारत, ईण्डोनेसिया, भियतनाम, कतार फिलीपिन्स लगायतका अन्य देशहरूबाट विभिन्न संजाल विस्तार गरी सेवा प्रदान गर्दै आएको छ ।
Source: http://www.businesssansar.com/36579

सम्बन्धित संस्थाहरू / Associated Organizations