फागुन २ बाट प्रभु-ग्रान्ड एकिकृत कारोबार

काठमाडौं । प्रभु बैंकले फागुन १६ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ । ग्रान्ड बैंकलाई गाभ्ने अन्तिम स्वीकृति पाएको भोलीपल्ट प्रभुले प्रति १० बराबर दुई कित्ता हकप्रद सेयर वितरण गर्ने सुचना प्रकाशित गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ६४ लाख १७ हजार ७७० कित्ता सेयर जारी गर्न लागेको हो । बैंकले जारी गर्ने सेयर ग्रान्डका लगानीकर्ताले भने पाउँदैनन् ।

बैंकले विद्यमान चुक्ता पुँजी तीन अर्ब २० करोड ८८ लाख रुपैयाँको २० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । यो सेयर गत असोज २४ गतेमध्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम भएका सेयरधनीले मात्र पाउने छन् । बैंकको सेयरको निस्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ हो । यसैबीच ग्रान्ड बैंक गाभ्न राष्ट्र बैंकबाट हिजो स्वीकृति पाएको प्रभुले फागुन २ गतेबाट एकिकृत कारोबार सुरु गर्ने छ । ‘लगभग सबै काम सकिसकेको छ, सिस्टम मिलाउने काम अब सुरु हुन्छ,’ प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बिजमाण्डूसँग भने, ‘फागुन २ गतेबाट एकिकृत कारोबार सुरु गर्छौं ।’ लामो समयदेखि नोक्शानमा रहेको ग्रान्ड बैंक भने पुस मसान्तमा पहिलो पटक नाफामा गएको छ । बैंकले १२ करोड हाराहारी नाफा गरेको छ ।

Source: Businesssansar.com

सम्बन्धित संस्थाहरू / Associated Organizations