सूचना/समाचार

प्रभु म्यानेजमेन्ट प्रा. लि. सम्बन्धि सम्पुर्ण सुचना, समाचारहरु तल उपलब्ध हुनेछन् ।

प्रभु मनि ट्रान्सफर (इंडिया) र ITZ Cash Card Limited बीच रेमिटेन्स कारोबार सम्झौता

प्रभु मनि ट्रान्सफर  (इंडिया) र ITZ Cash Card Limited बीच रेमिटेन्स कारोबार सम्झौता

प्रभु मनि ट्रान्सफर इंडियाले आफ्नो एजेन्ट बिस्तार गर्ने क्रममा ITZ Cash Card Limited मुम्बईसंग नेपाल पैसा पठाउनको लागि रेमिट्यान्स  संझौता गरेको छ | जस अनुसार भारतमा रहेका नेपालीहरुले आफ्नो नागरिकताबाट भारतभरि छरिएर रहेका १००००० भन्दाबढी ITZ Cash Card Limited का एजेन्ट संजालबाट नेपालमा सजिलै पैसा पठाउन सक्नेछन् | ITZ Cash Card Limited भारतको रेमिटेन्स कारोबारगर्ने एक प्रतिष्ठित कम्पनी हो | भारतबाट पठाईएको पैसा, प्रभु बैंकको खातामा वा नेपालस्थित अन्य बैंकको खातामा वा सहकारी संस्थाको खातामा तुरुन्तै जम्मागर्ने सकिनेछ र प्रभु बैंकका नेपालभरीका शाखा अथवा प्रभु मनि ट्रान्सफरको नेपालभरीका ७००० भन्दाबढी एजेन्ट नेट्वोर्कमार्फत तुरुन्तै नगत भुक्तानी लिन सकिन्छ | भारतबाटै प्रभु बैंकमा आफ्नो खाता खोली रकम जम्मा गर्ने व्यबस्था हुनको साथै निशुल्क remittance card उपलब्ध गराउने व्यबस्था पनि मिलाइएको छ |


» बाकी समाचार


प्रभु मनि ट्रान्सफरबाट पैसा पठाउनेले पाए मोटरसाइकल र स्कुटर


प्रभु मनि ट्रान्सफर प्रालिले दशै, तिहार र छठपर्वलाई लक्षित गरी ल्याएको उपहार कार्यक्रमको पहिलो र दोश्रो पुरस्कार क्रमशः धनुषाका छेदी मण्डल र दाङकी दिपा सेनले हात पारेका छन् । ‘बम्पर उपहार’स्वरुप मण्डलले यमाहाको स्यालुटो बाइक प्राप्त गरेका छन् भने दोश्रो पुरस्कार विजेता सेनले यमाहाकै रेजि स्कुटर प्राप्त गरेकी छन् । दुवै विजेतालाई प्रभु ग्रुपकी उपाध्यक्ष कुशुम लामाले उपहार प्रदान गरिन् । 
 
उपहार कार्यक्रमको निर्धारित समयको समाप्तीपछि गत कात्तिक २३ गते प्रभु ग्रुपकी उपाध्यक्ष लामाले बम्पर उपहारका विजेताहरुको नम्वरहरु लक्की ड्रमार्फत घोषणा गरेकी हुन् । लक्की ड्रको लागि कार्यक्रम अवधि भरीमा भएका सम्पूर्ण नम्बरहरुलाई समावेश गरी कम्प्युटरको माध्यमबाट मण्डल र सेन छानिएका हुन् ।


» बाकी समाचार


प्रभु मनि र जनसेवी लघुवित्तबीच रेमिट्यान्स सम्झौता

प्रभु मनि र जनसेवी लघुवित्तबीच रेमिट्यान्स सम्झौता

१४ असोज, काठमाडौं । प्रभु मनि ट्रान्स्फर प्रालि र जनसेवी लघुवित्त वित्तीय संस्थाबीच रेमिट्यान्स सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायब महाप्रवन्धक रामेश्वर सापकोटा तथा जनसेवी लघुवित्तका तर्फवाट अध्यक्ष विकाश गौचनले हस्ताक्षर गरे ।

पर्वतको कुश्मा ९, मेलमिलापचोकमा प्रधान कार्यलय रहेको लघुवित्तको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम, कास्की, तनहु, लमजुङ्ग, र गोरखा जिल्लाको स्विकृति रहेको छ ।

सम्झौता पश्चात लघुवित्तका सवै शाखाहरुबाट प्रभु मनि ट्रान्स्फरको रेमिटेन्स सेवा दिने भएको छ । आगामी दशैंसम्ममा सेवा सञ्चालनमा ल्याइने बैंकको लक्ष्य छ ।

Source: Onlinekhabar.com


» बाकी समाचार


ग्रोमोर मर्चेन्ट बैंकरद्धारा प्रभु क्यापिटल लिमिटेडको नाममा कारोबार शुरु

काठमाडौं, २ साउन 

ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडले श्रावण २ गते आइतबारदेखि नाम परिवर्तन गरि प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार शुभारम्भ गरेको छ । प्रभु बैंक लिमिटेडका अध्यक्ष देवी प्रकाश भट्टचनले एक समारोहबीच प्रभु क्यापिटल लिमिटेडको उद्घाटन गरेका हुन् ।


कम्पनीले प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार गर्न थालेपछि अझ स्तरीय सेवा प्रदान गर्ने बताएको छ ।


» बाकी समाचार



रेमिट्यान्स बचत गर्न राज्यले शिक्षा र स्वास्थ्य दिनुपर्छ-बैंकर्स कुसुम लामा

नेपालको अर्थतन्त्रमा बैंकिङ क्षेत्रका माध्यमबाट सक्रिय एक नारी पात्र हुन् – कुसुम लामा । जो सधै विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सको सही प्रयोगका बारे सोंचिरहन्छिन्, अनि हुण्डीको माध्यमबाट बाहिर जाने र नेपाल भित्रिने रकम रोक्नका लागि निरन्तर आवाज उठाईरहन्छिन् । आज लाखौं लाख यूवाहरु विदेशमा छन् । वार्षिक रुपमा करिव ५ अर्ब माथिको रेमिट्यान्स बैधानिक बाटो भएर भित्रिन्छ तर यतिका रकम घर खर्चमै जान्छ । जुन पैसाका बारे भइरहने बहसमा रेमिट्यान्स फजुल खर्चमा गयो भनिन्छ तर प्रभू मनि ट्रान्सफरका उपाध्यक्ष समेत रहेकी यी नारीले यसबारेमा कारुणीक कुरा हामीसँग यसरी सुनाइन् –‘शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्दैन, खानका लागि घरमा खर्च हुँदैन, बाहिर हेर्दा धेरै रेमिट्यान्स आउँछ, तर हरेक परिवारमा पुग्दा थोरै हुन्छ, ऋणको व्याज उसैले तिर्नुपर्छ, अनि कसरी त्यो रकम उत्पादन क्षेत्रमा लगानी हुन सकोस् ?’ नेपालको बैंकिङ क्षेत्रमा समेत महत्वपूर्ण उपस्थित जनाएकी प्रभू बैंक लिमिटेडकी डाइरेक्टर एवं प्रभू मनि ट्रान्सफरकी उपाध्यक्ष कुशुम लामासँगको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :

» बाकी समाचार


ग्राण्ड बैंक- औपचारिक रुपमै विलय हुँदै प्रभु बैंक

राष्ट्र बैंकको शिघ्र सुधारात्मक कारबाही भोगेको क बर्गको ग्राण्ड बैंक औपचारिक रुपमै प्रभु बैंकमा गाभिएको छ । एक्वीजीसन प्रकृयाबाट सुरु भएको गाभिने प्रकृया मर्जरमा टुंगीएर गाभिएको हो । माघ २९ गते आजका दिनबाट ग्राण्ड बैंक र प्रभु बैंकबीच संयूक्त कारोबार ‘प्रभु बैंक’ का नामबाट सुरु भएको छ । अब ग्राण्ड बैंकको १५ वर्षको बैंकिङ यात्रा औपचारीक रुपमै समाप्त भएको छ । 

म्यानेजमेन्टको खरावीका कारण उक्त बैंक केहीबर्षयता डुवेको बैंकका रुपमा चिनिएको थियो । तर पछिल्लो समय प्रभु बैंकमा गाभिने भएपछि भने बैंकले नाफा कमाउन सफल भएको थियो ।


» बाकी समाचार


प्रभु बैक र प्रभु मनि ट्रान्सफरको सहयोगमा भलिवल खेल सम्पन्न

भारतको 68 औ गणतन्त्र दिवसको अवसर पारेर राजधानी नई दिल्लीमा प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिको खेल विभागले यहि 26 जनवरीका दिन भलिवल प्रतियोगतिा सम्पन्न गरेको छ। कुल 24 टीम सहभागी भएको उक्त प्रतियोगितामा दिल्लीका प्राय सबै जिल्लाहरूबाट खेलाडीहरू उपस्थित भएका थिए।

24 टीम मध्ये प्रभु बैंक र प्रभु मनि ट्रान्सफरले नालायक र रेसुंगा नामक 2 टीमलाई टीसर्ट प्रदान गरेको थियो । 26 जनवरीमा शुरू भएको उक्त प्रतियोगिता आउंदो रविवार 31 जनवरीमा मात्र सम्पन्न हुनेछ।


» बाकी समाचार


फागुन २ बाट प्रभु-ग्रान्ड एकिकृत कारोबार

काठमाडौं । प्रभु बैंकले फागुन १६ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ । ग्रान्ड बैंकलाई गाभ्ने अन्तिम स्वीकृति पाएको भोलीपल्ट प्रभुले प्रति १० बराबर दुई कित्ता हकप्रद सेयर वितरण गर्ने सुचना प्रकाशित गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ६४ लाख १७ हजार ७७० कित्ता सेयर जारी गर्न लागेको हो । बैंकले जारी गर्ने सेयर ग्रान्डका लगानीकर्ताले भने पाउँदैनन् ।

बैंकले विद्यमान चुक्ता पुँजी तीन अर्ब २० करोड ८८ लाख रुपैयाँको २० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । यो सेयर गत असोज २४ गतेमध्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम भएका सेयरधनीले मात्र पाउने छन् ।

 


» बाकी समाचार


प्रभू ग्रुपद्धारा रक्तदान कार्यक्रम सम्पन्न

“रक्तदान नै जीवनदान हो ” भन्ने मुल नाराका साथ प्रभु म्यानेजमेन्ट प्रा.लि. र नेपाल रेडक्रस सोसाईटी ललितपुर रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा पनि आफूलाक्ष्ई सक्रिय गराउँदै आएको प्रभू ग्रुप अन्तरगत प्रभू म्यानेजमेन्टले आफ्नै प्राङगढमा ‘सामाजिक कार्यमा प्रभुको साथ’ भन्ने नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरेको हो । प्रभु म्यानेजमेन्ट प्रा.लि. ले भुकम्प पिडीत बिरामीहरुको सहयोगार्थ रक्क्तदान कार्यक्रम आयोजना गरेको हो ।

उक्क्त कार्यक्रममा प्रभु मेनेजमेन्ट प्रा.लि., प्रभु मनी ट्रान्सफर र प्रभु ग्रुप अन्तर्गतका अन्य संस्थाहरुमा कार्यरत ५० जना भन्दा बढी कर्मचारीहरुले रक्क्तदान गरेका थिए ।


» बाकी समाचार


Muthoot Finance from India Starts Money Transfer Services to Nepal


KOCHI: Muthoot FinanceBSE -0.69 % Ltd., the flagship company of Muthoot Group has launched money remittance services between India and Nepal. It has collaborated with the Indian arm of Nepal based Prabhu Bank Ltd.

"The Nepali workforce will have a simpler way of transferring money to their families and friends from India," said Muthoot Finance managing director George Alexander Muthoot. Nepali migrants can now transfer money from a minimum of Rs 200 from any of the 4200 branches of Muthoot Finance to their families without opening a bank account in India.

» बाकी समाचार


प्रभु मनी ट्रान्सफर र मुथुड फाइनान्सबीच रेमिटेन्स सम्झौता

काठमाडौं । प्रभु मनी ट्रान्सफर इण्डिया र भारतस्थित मुथुड फाइनान्सबीच रेमिटेन्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा प्रभु मनी ट्रान्सफर इण्डियाकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कुसुम लामा र मुथुड फाइनान्सका तर्फबाट चिफ जेनरल म्यानेजर के आर बिजीमोनले हस्ताक्षर गरे ।

 प्रभु मनी ट्रान्सफर इण्डियाले भारतमा रहेका नेपालीहरुको लागि आप्mनै नागरिकतामार्फत नेपालमा सर्वसुलभ तरिकाले रकम पठाउन विप्रेषण सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । हाल भारतको द्वारका र पहाडगञ्जस्थित प्रभु मनी ट्रान्सफरको आफ्नै कार्यालय र यसका मुख्य एजेण्ट एकोका ३६ सय र जीआई टेक्नोलोजी स्मार्ट सपका ९० हजार आउलेटहरु तथा प्रभु मनी ट्रान्सफका भारतस्थित अन्य एजेण्टमार्फत् सहज रुपमा नेपालमा रकम पठाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

 


» बाकी समाचार


प्रभू म्यानेजमेन्ट र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स संझौता

प्रभू मनि ट्रान्सफर अन्तरगत प्रभू म्यानेजमेन्ट प्रा लि र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स संझौता भएको छ । उक्त संझौता अनुसार निर्धन उत्थान बैंकका देशैभरीका १ सय ७६ वटै शाखाबाट रेमिट्यान्स कारोबार गर्न सकिने छ ।

पछिल्लो समयमा ग्रामिण क्षेत्रमा सहकारी मार्फत रेमिट्यान्स कारोवारमा सक्रिय रहेको प्रभू मनि ट्रान्सफरले यो संझौतासँगै लघुवित्त क्षेत्रमा सक्रिय निर्धन उत्थान बैंकका सबै शाखाबाट कारोबार गर्न सकिने छ । विभिन्न बैंक मार्फत शहरी क्षेत्रमा सक्रिय बैंक तथा बित्तिय संस्थाहरु विस्तारै ग्रामिण तहसम्म पुगेका छन् । यस संझौतासँगै विदेशका जुनसुकै कुनामा बसोबास गर्ने नेपालीहरुले प्रभूबाट पठाएको रेमिट्यान्स निर्धन उत्थान बैंकबाट निकाल्न र नेपाल अधिराज्यभरी नै रकम पठाउन सक्नेछन् । उक्त संझौता पत्रमा प्रभू म्यानेजमेन्टका तर्फबाट म्यानेजिङ डाइरेक्टर कुशुम लामा तथा बजार व्यबस्थापक रोसन रखालले अपरेसन हेड बिमल महतको  उपस्थितिमा  हस्ताक्षर गरेका छन् भने निर्धन उत्थान बैंकका तर्फबाट नायव महाप्रवन्धक भोजराज बस्याल र लेखा प्रमुख मुकेश दाहालले हस्ताक्षर गरेका छन् ।


» बाकी समाचार


प्रभु रूपैया रेमिटेन्स कार्ड-बजारमा, विदेशबाटै सबै काम गर्न सकिने

मुलुकमा रेमिट्यान्स भित्राउन र विभिन्न ठाउँमा रकमान्तरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको रेमिट्यान्स प्रदायक कम्पनि प्रभु मनि ट्रान्सफरले नयाँ प्रविधिको विकास गर्दै “प्रभु रूपैया रेमिटेन्स कार्ड” बजारमा  ल्याएको छ । गत सेप्टेमबर २४ मा युनाईटेड अरब ईमिरेटस दुबई स्थित अहलीया मनि एक्सचेन्जसँगको सहकार्यमा उक्त कार्डको सुभारम्भ गरिएको हो ।
१९९० मा प्रभु ट्राभल्स एजेन्सीबाट शुरू गरेको प्रभुको यात्राले देशका सबैजसो जिल्ला र विदेशका सबैजसो शहरहरुमा आफ्नो सेवा विस्तार गरेको छ । उक्त कार्यक्रममा बोल्दै प्रभु बैंक संयुक्त अरब ईमिरेटसका प्रमुख बजार व्यबस्थापक संजिब कुमार शर्माले ग्राहकहरूको आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्दै सेवालाई अझ बढि सुविधायुक्त, सरल, भरपर्दो तथा अत्याधुनिक प्रविधि सहितको बनाउन नयाँ कार्यक्रम ल्याएको बताए । त्यस्तै प्रभु टेक्नोलोजीका प्रमुख बिकास महर्जनले प्रभु मनि ट्रान्फरलाई अझ बिस्तारित गर्ने योजना बमोजिम प्रभु रूपैया कार्डको शुरूवात गरिएको बताए ।

» बाकी समाचार


भारतमा नेपाली नागरिकताबाट बैंकिङ कारोबार सुरु, दिल्लीमा प्रभूको मुख्य शाखा

प्रभू मनि ट्रान्सफरले नयाँदिल्लीबाट आफ्नो कारोबार सुरु गरेको छ । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले प्रभू मनि ट्रान्सफरको दिल्लीको द्धारकास्थित मुख्य कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन क्रममा राजदुत उपाध्यायले भारतका विभिन्न ठाउँबाट हाल गैर कानूनि रुपमा हुण्डीकका माध्यमबाट नेपालमा रकमान्तरण भइरहेको उल्लेख गर्दै प्रभूको औपचारिक प्रवेशले  नेपालमा पैसा पठाउने आधिकारीक बाटो निर्माण गरेकोमा खुसी व्यक्त गरे ।

राजदुत उपाध्यायले अब उपरान्त प्रभू मनि ट्रान्सफरका शाखा तथा एजेण्टहरु मार्फत भारतबाट नेपालमा पैसा पठाउँदा नेपाली नागरिकताले नै पैसा पठाउन पाइने सरल व्यबस्था भएकोमा आफु अझ बढी हर्षित भएको उल्लेख गरे । उनले यो कदमबाट भारत र नेपाली दुवै मुलुकलाई सहज हुने उल्लेख गर्दै टेक्नोलोजीको विकासले पैसा बोक्ने झण्झटको अन्त्य भएको पनि बताए ।


» बाकी समाचार


सम्बन्धित संस्थाहरू / Associated Organizations